समाजवादी पार्टी निकट ट्रेकिङ व्यवसायीको समर्थन खुम सुवेदीको प्यानललाई

Avatar photo
Dhadingpost
भदौ १६, २०७६

धादिङ भाद्र १६ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आगामी नेतृत्व चयनका लागि भाद्र २० गते हुने निर्वाचनमा सवाजवादी पार्टी निकट ट्रेकिङ व्यवसायीहरुको समर्थन खुमबहादुर सुवेदी समुहलाई हुने भएको छ ।

प्रजातान्त्रिक समुहको नेतृत्व गर्दै अध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका अधिकारी धादिङ ज्वालामुखी गाउँपालिकाका हुन् ।
भद्र र सामाजिक काममा अग्रसर हुने स्वभावका सुवेदी आफुलाई पर्यटन क्षेत्र विकास सँगै व्यवसायी हक हितका निम्ति भोट हाल्न अनुरोत समेत गरेका छन् ।

पर्यटन व्यवसायी एवम् समाजवादी पार्टी नेपाल प्रदेश नं. ३ का सदस्य तारालाल धरेलले भने हामी निःशर्त खुम सुवेदीको प्यानललाई समर्थन गर्न गहिरहेका छौं । कुरा होइन काम गर्ने व्यक्ति चाहिएको छ टानमा त्यहि आधारमा सुवेदीको प्यानललाई हाम्रो सहयोग हो धरेलले भने ।
टान निर्वाचनमा धादिङबाट अध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिने