गजुरीमा एम्बुलेन्सको ठक्करबाट मुन्द्रे सार्की गम्भिर घाईते

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

धादिङ भाद्र १५ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीमा एम्बुलेन्सले ठक्कर दिँदा मुन्द्रे सार्की गम्भिर घाईते भएका छन् ।

गोरखाबाट बिरामी लिएर काठमाडौ जाँदै गरेको ग १ झ ४०६ नम्बरको एम्बुलेन्सले बेलुका करिब साढे ८ बजे ठक्कर दिदा सार्कीको देब्रे हात पुर्ण रुपमा भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गजुरी बजारमा दैनिक ज्यालादारीमा काम गर्ने घाईते सार्कीलाई गजुरी अस्पतालमा प्राथमिक उपचार गरि काठमाडौ लाने तयारी भएको गजुरीबाट सुजन घलेले धादिङपोष्टलाई बताए । (तस्वीर सुजन घले)