धादिङका नेताहरु प्रदेश र राष्ट्रिय समितिमा

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

काठमाडौं, १५ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालको ३ नं. प्रदेशको उपाध्यक्षमा धादिङकाद्वय राजु नेपाल र तामसालिङ राष्ट्रिय समिति मुख्य सचिवमा बीरबहादुर तामाङ चयन भएका छन् ।

प्रदेश ३ को अध्यक्षमा सोनामसिंह स्याङतान रहने गरि उपाध्यक्ष धादिङका राजु नेपाल सहित ९९ सदस्यि प्रदेश कमिटि गठन हो । प्रदेश सदस्यमा धादिङका गोपाल तिवारी, इन्द्र सिलवाल र तारालाल धरेल लगायत ९९ सय जना चयन भएका छन् ।

यस्तै तामसालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्ष्ण घलान अध्यक्ष मुख्य सचिवमा पूर्व सांसद वीर बहादुर तामाङ र सदस्यहरुमा धादिङका सन्तोष बराकोटी, राम ढकाल, नन्द काप्री, दिनेश भण्डारी र निकिता तामाङ लगायत चयन भएका छन् ।