
काठमाडौं भाद्र १५ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) निर्वाचन भदौ २० गते हुँदैछ ।
प्रजातान्त्रिक व्यवसायीको तर्फबाट (टान) मा हालका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीको नेतृत्वमा उम्मेदवारहरु चयन गरि सकेको छ ।
सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।
दुई ठुला कम्युनिष्ट मिलेर बनेको नेकपा नीकट पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने निर्णय भए पनि अन्य उम्मेदवारहरुको टुङ्गो अझै लाग्न सकेको छैन ।

