एनएचसीपीएम धादिङको अध्यक्षमा सापकोटा चयन

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

अमित रिजाल
धादिङ भाद्र १३ ।
प्रकृति–मानव केन्द्रित जनअभियान (एनएचसीपीएम) नेपाल धादिङ युनिटको अध्यक्षमा शिवराज सापकोटा चयन भएका छन् ।

जिल्ला समन्वय समिति धादिङको सभाहलमा भएको भेलाले सापकोटा अध्यक्षतामा ८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा तिर्थप्रसाद सिलवाल, सचिवमा नेमबहादुर श्रेष्ठ, कोषध्यक्षमा सुसिला रिजाल र सदस्यहरुमा सृजना अर्याल अधिकारी, दिपक बोहोरा, बलराम ढुङ्गाना, सुदर्शन पण्डित चयन भएका छन् ।

धादिङ युनिटको सल्लाहकारमा भेलाले भुमिरमण नेपाल र शालिकग्राम अर्याललाई चयन गरेको छ ।

प्रकृति–मानव केन्द्रित जनअभियानका केन्द्रिय अध्यक्ष उत्तमराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेला अघि जलवायु परिवर्तन र पर्यावरणीय विनासले नित्याएको खतराको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै प्राकिृतिक चिकित्सक डा. नरेन्द्र हमालले खानपानमा र व्यायमका ध्यान नदिदा मानव स्वास्थ्यको समस्याले विकराल रुप लिएको बताएका थिए ।

स्वास्थ खान पिन र स्वास्थ हावा पनीको लागि प्रकृति–मानव केन्द्रित जनअभियानले संचालन गरेको विश्वव्यापी नारालाई सबैले साथ र सहयोग गर्न ढिला गर्न नहुने समेत डा. हमालले बताएका थिए ।