एड्भान्समा छात्रले छात्रालाई दर खुवाए

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

धादिङबेसी भाद्र १३ । धादिङबेसी स्थित एड्भान्स एकेडमीको कक्षा ११ र १२ मा पढ्ने छात्र विद्यार्थीहरुले छात्रा विद्यार्थीहरुलाई दर खुवाएर तीजको शुभकामना दिएका छन् ।

व्यवस्थापन र कानुन विषयका छात्रहरुले हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण पर्व तीजको अवसरमा छात्राहरुलाई दर खुवाउँदै शुभकामना दिएका हुन् ।

हामी प्रत्यक छात्रहरुले रु.२५० उठाएर छात्राहरुलाई दर खुवाएका हौ । कक्षा ११ मा कानुन पढ्दै गरेका अमित रिजालले धादिङपोष्टलाई बताए ।

तीजलाई कानुन सँग जोड्दै वार एशोसिएसन धादिङका अध्यक्ष एवम् विद्यालयका कानुन विषयका शिक्षक रामकृष्ण अधिकारीले तीजलाई भड्कीलो बनाउन नहुने बताएका थिए ।

अधिकारीले तीजको साँस्कृतिक मुल्य मान्नेतालाई बचाई राख्न पछिल्लो पुस्ताको महत्वपूर्ण भुमिका रहन्छ तर यसका विकृत पक्ष र पुरातनवादी सोचबाट बाहिर आएर तीज मनाउनु पर्ने बताएका थिए ।

यस्तै एड्भान्स एकेडेमीको नेपाली विभाग प्रमुख अनिता अधिकारीले तीजको महत्व, तीजको ऐतिहासिक पक्षका विषयमा जानकारी दिएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए । करिव १५० जना छात्राहरुले दर खाए सँगै तीज विशेष कार्यक्रममा विद्यार्थीहरु रमाएका थिए ।