
धादिङ भाद्र १२ । जिल्लाका विभिन्न ठाउँमा गरिएको अवैध गाँजा खेती फडानी सँगै नस्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले विहिबार ज्वालामुखि स्थित काफलपानीमा लगाईएको गाँजा फडानी गरेको छ ।
बुधबार अन्दाजी २५० रोपानीमा गाँजा खेती नस्ट गरेको प्रहरीले आज ज्वालमुखी काफलपानीमा अन्दाजी २ रोपनीमा लगाएको गाँजा फडानी गरेको हो ।
प्रहरी चौकी मैदीबाट नविन कार्कीको कमाण्डमा गएको प्रहरी टोलीले गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी भोला सिंह अधिकारीले धादिङपोष्टलाई बताए ।
फोटो स्रोतः प्रहरी

