
धादिङ भाद्र १० । धादिङका लोक गायक हरि सुनारको “झम झम पानी परेको रात” बोलको गीत सातौ राष्ट्रिय राप्ति म्युजिक अवार्ड २०७५ को ५ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।
रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा उत्कृष्ट पाँच स्रष्टा कलाकारहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको छ ।
यसै क्रममा उत्कृष्ट नव गायन तर्फ धादिङका हरि सुनारको झम झम पानी परेको रात बोलको गीत टप ५ मा पर्न सफल भए सँगै आयोजकले नोमिनेसन प्रमाणपत्र प्रदान गरेको छ ।
“समाजले सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५” यहि असोज महिनामा सम्पन्न हुनेछ ।
नव गायन तर्फ टप पाँचमा पर्न सफल सुनारको गितको म्यूजिक भिडियो
https://www.youtube.com/watch?v=Zn2l-u1IPkY
