
धादिङ साउन २७ । देशभरका मुस्लिम समुदायले आज आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधार स्तम्भ आस्था, नवाज, हज, रोजा र जकातम मध्ये हजलाई मुख्य मानिन्छ ।
हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।
