
अमृत तामाङ
धादिङ साउन २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खेलकुद विकास समितिले साउन २७ गते देखि खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा खसि उपहार राखिएको उक्त खुल्ला फुटबल प्रतियोगिता साउन २७ गते देखि हुन लागेको हो ।
आयोजक सल्यानटार खेलकुद विकास समितिका अध्यक्ष सु्रज श्रेष्ठका अनुसार प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३ हजार र धरौटी स्वरुप १ हजार सहित ४ हजार लाग्ने छ ।

