सलाङघाटमा रात्री बस दुर्घटना, दुई जनाकोे मृत्य उद्दार कार्य जारी

Avatar photo
Dhadingpost
साउन २४, २०७६

धादिङ साउन २४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित सलाङघाटमा सर्लाहीबाट काठमाण्डौ आइरहेको ना ६ ख ७४६९ नम्बरको रात्री बस बिहान करीव ३ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।

४० जना भन्दा बढी यात्रुहरु रहेको आशंका गरिएको उक्त दुर्घटना स्थलबाट ११ जना घाईतेहरुको उद्दार गरिएको छ भने अन्यको पनि उद्दार जारी रहेको प्रहरीले जनाएको छ । (तस्वीरः विश्वदिप डल्लाकोटी)