
धादिङ साउन १९ । धादिङबेसी सदरमुकाम आसपास क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाले धादिङबेसी बजार क्षेत्रमा CCTV जडान कार्य सम्पन्न गरेकाे छ ।
बजार क्षेत्रमा ४३ वटा CCTV जडान गरि सुरक्षा र व्यवस्थापनकाे दुईवटा कन्ट्रोल रुमबाट निगरानी गरिने व्यवस्था मिलाईएकाे नगरपालिकाका सल्लाहाकार दिपक काेईरालाले बताए ।
धादिङबेसी पुछारबजार, बसपार्क, बीचबजार, सितलवजार लगायतका ठाउँहरुमा CCTV जडान गरिएकाे छ, यसकाे प्रभावकारितालाई चुस्त दुरुस्त बनाउन आईतवार प्राविधिक तालिम समेत सकिएकाे काेईरलाले बताए ।

