पछिल्लो पुस्ता र नेपाली राजनिती- तुलाधर

Avatar photo
Dhadingpost
साउन १८, २०७६

धादिङ साउन १८ । पुर्व शिक्षा मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तापित पाेलिटब्यूराे सदस्य गंगालाल तुलाधरले केही नेताका गलत आचरणले पछिल्लो पुस्ताले राजनितीलाई घृणा गर्न थालेकाे बताएका छन् ।

खनियाबास र रुबीभ्यालि गाउँपालिकाबाट एसईई उतिर्ण विद्यार्थी लाई सम्मान गर्दै नेता तुलाधरले हिजाे चप्पल पड्काएर हिड्ने नेता गणकाे दैनिकीमा चमत्कारीक परिवर्तन छ । केही नेताकाे विचार र व्यवहार फरक देखिएयाे थुप्राेे आलुमा कुहिएकाे मिसियाे दुर्गन्ध आउन थालेपछि पछिल्लो पुस्ता राजनितीलाई घृणाा गर्न थालेकाे बताएका हुन् ।

ग्रामीण शिक्षा तथा विकास समाज नेपाल धादिङले आयाेजना गरेकाे उक्त सम्मान तथा बधाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता तुलाधरले नेपाली राजनीतिमा दुर्गन्धित तत्वहरुलाई फालिने दावी गर्दै नीतिहरुकाे पनि नीति राजनीतिमा युवा विद्यार्थीहरु निरासा हुन नहुने भन्दै राजनीतिलाई नजिकबाट निगाल्न र सहभागिता जनाउन आग्रह गरेका थिए ।

धादिङकाेे रुबीभ्यालि र खनियावासका ३१ जना विद्यार्थीलाई नगद सिहत सम्मान गिरएकाे उक्त कार्यक्रममा नेकपा धादिङका नेता रामबहादुर भण्डारी र संविधानसभाका सदस्य धनबहादुर घलेकाे विशेष आतिथ्यता रहेकाे थियाे ।

श्यामसाेन तामाङकाे अध्यक्षतामा भएकाे यश कार्यक्रममा शंकर अधिकारी, रामसिंङ तामाङ, सेकेमान तामाङ, प्रदिप तामाङ, युवराज तामाङ, राेमी घले लगायतकाे आतिथ्यता रहेकाे थियाे ।