
धादिङ साउन १६ । धादिङ सिद्धलेक गाउँपालिका स्थित वडा नं. ६ कुम्पुरमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा गए राती अज्ञात समुहले आगजनी गरेका छन् ।
मंगलबार राती अन्दाजी ९ः३० बजे तिर भएको कुम्पुर लेख डाँडामा रहेको उक्त टावरमा आगजनीबाट सम्पूर्ण उपकरणहरु पूर्ण क्षेति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाईल फोटो

