
धादिङ साउन १५ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दले जनजिवन प्रभावित बनेको छ ।
धादिङबेसीबाट चल्ने ४ वटै बस काउण्टरहरु बन्द छन् । यात्रु वहाक बसहरु चलेका छैनन् भने फाट्ट फुट्ट मोटर साईकल बाहेकका कुनै पनि यातयातका साधनहरु नचल्दा जनजिवन प्रभावित बन्न पुगेको हो ।
धादिङबेसी र राजमार्गका चोक चोकमा बिहानै देखि प्रहरीहरु परिचालन भएपनि उद्योग कलकारखाना पसलहरु बन्द छन् ।
बन्दको प्रभावले जनजिवन प्रभावित हुनुमा राज्य दोसी रहेको विप्लव नेकपा धादिङका सेक्रेटरी बुद्धले धादिङपोष्टलाई बताए ।
बन्द अवज्ञा गरिए कार्वाही हुन सक्ने भदै गुरुङ हाम्रो सयौ नेता तथा कार्यकर्ता पक्राउ गरि विना कसुर झुटा मुद्धा लगाईएको छ यसका विरुद्ध गरिएको बन्द सफल पारिदिन समेत आग्रह गरे ।

