झार्लाङको आलु, ५० रुपयाँ पाथी

Avatar photo
Dhadingpost
साउन ९, २०७६

सन्दिप स्याम्चेन तामाङ
धादिङ साउन ९ ।
धादिङको उत्तरी क्षेत्र लेकाली आलुले प्रसिद्ध छ । आलुकै भरमा ६ महिना पार गर्ने समुदाय पनि धादिङको उत्तरी क्षेत्रमा भेटिन्छन् ।

धादिङको उत्तरी क्षेत्र मध्य खनियाबास झार्लाङमा यस वर्ष आलुखेती राम्रो भएको किसानहरु बताउँछन् । चिसो हावा पानीमा फलेको अत्यन्तै मिठो र स्वाथ्य वर्धक लेकाली आलु खन्नमा व्यस्त छन् झार्लाङका किसानहरु यतिबेला ।

उत्तरी धादिङको मकैबारी भित्र गरिने आलु खेतीको पकेट मनिने झार्लाङका किसानहरु यसपाली आलुखेती राम्रो भएकोमा खुशी छन् । नेपाल कै मीठो मानिने झार्लाङको आलु अहिले ५० रुपयाँ मा किनबेच हुनेगरेको स्थानीयहरु बताउँछन् ।

नेपालभर झार्लाङको आलु पुग्ने र उक्त आलुको प्रशंसा गर्ने गरेको सुन्नमा आएपनि धादिङबेसी सदरमुकाम मै विक्रि वितरणमा राखिएको भेटिँदै । आउने जानेहरुले कोसेलीको रुपमा ल्याउने र लाने गरिएको भेटिए पनि झार्लाङबासी पुगेको ठाउँमा भने उक्त आलु आफुलाई खान लाने र मगाउने गर्दछन् ।

प्रत्येक घरका किसानले वर्षै पिच्छे कम्तिमा दुई भकारी आलु फलाउँछन् र खाएर बाँकी रहेको बेचेर आम्दानीको स्रोत बनाउँने गर्दछन् ।
खच्चडबाट किन्ताङ फेदी ल्याएर सदरमुकाम धादिङबेसी उक्त आलु सदरमुकाम सम्म थोरै हिस्सा आइपपुग्छन् भने ।

गाउँ कै होलसेल पसलहरुले जम्मा पारेर गोदाम बनाइ राखी गाडी चल्ने बेलामा नेपालको ठाउँ-ठाउँमा (पुर्व मेची देखि पश्चिम कैलाली कन्चनपुर) पुर्याउने गरेको स्थानीयहरु बताउँछन् ।