धादिङबेसीबाट तीन जना चोर पक्राउ

Avatar photo
Dhadingpost
साउन ९, २०७६

धादिङ साउन ९ । जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ परेका तीन जना चोरहरुलाई सार्वजनिक गरेको छ ।

विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरेको सामाग्री सहित बुझबार चोरीमा पक्राउ परेका ३ जना चोरहरुलाई बुधबार सार्वजनिक गरेको हो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २० का सुजन ठकुरी, सोही ठाउँका वर्ष १८ का किशान श्रेष्ठ र वर्ष २० का निशान सुन्दास पेशेवर रुपमा चोरीमा संलग्न देखिएकाले चोरी मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अभिकारी रमेश विष्टले जानकारी दिए ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ एमाले चोक स्थित चोरीमा संलग्न निशान सुन्दासको कोठा खानतलासी गरी प्रहरीले चोरी गरी ल्याएको सामानहरु समेत बरामद गरेको थियो ।

उनीहरुको साथबाट विभिन्न ब्रान्डका मोबाइल १२ थान ढलौटका लोटा २ थान, कचौरा १२ थान खुकरी १ थान, हम्बर १ थान, रड १ थान लगायत चोरी गरेका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।