प्रहरीलाई विपद उद्धार तालिम दिइयो

Avatar photo
Dhadingpost
साउन १, २०७६

धादिङ साउन १ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरीको विपद उद्धार टोलीलाई तालिम दिएको छ ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरोको जोखिम बढदै गएकोले विपद उद्धारमा खटिने प्रहरी टोलिलाई बुधबार उक्त तालिम दिएको हो ।

विपद उद्धारलाई प्रभावकारी प्रहरीको उद्धार टोलीलाई आवश्यक उद्धार सामग्रीहरु सहित विपद उद्धार पुर्व अभ्यास तालिम संचालन गरिएको बताईएको छ ।

उक्त तालिममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्र.उ. राजकुमार बैदवारले जिल्लामा हुन सक्ने विपद र विपद उद्धार‚ व्यवस्थापन तथा राहत वितरण सम्बन्धी प्रशिक्षण दिएका थिए ।