
धादिङबेसी असार ३१ । पछिल्लो समय बजारमा गुणस्तरहिन वस्तुहरुको व्यापार बढेको स्थानिय उपभोक्ताले बताएका छन् ।
धादिङबेसीमा भएको उपभोक्ता हक अधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानिय सरोकारवाला उपभोक्ताहरुले पछिल्लो समय बजारमा गुणस्तरहिन वस्तुको व्यापार बढेको बताएका हुन् ।
घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा गुणस्तर हिन सामाग्री विक्रि वितरण भएको कुरा स्थानिय उपभोक्ताहरुले किन उजुरी नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले उल्टै प्रश्न गरेका थिए ।
आफु पटक-पटक वजार अनुगमनमा पुगेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, स्वस्थ र सफा खाद्यन्न विक्रि वितरण नगर्ने व्यवसायीहरुलाई कानुनी दायरामा ल्याईने समेत बताएका थिए ।
पाण्डेयले धादिङमा उपभोक्ता हक अधिकारको लागि काम गर्ने सकृय सस्था एउटा पनि नभेटेको भन्दै पद लिदैमा उपभोक्ता अधिकार कर्मी भईदैन । उपभोक्ताको हक अधिकार के हो भनेर, आफ्नो दायित्व के हो भनेर बुझ्न सक्ने, काम गरेर देखाउन सक्नुपर्ने बताएका थिए ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन संघका महासचिव लोकनाथ डल्लाकोटीले गरेका थिए ।

