
धादिङबेसी असार ३१ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा कक्षा ११ र १२ का विद्यार्थीहरुले साहित्यिक कार्यक्रम गरि गुरु पूर्णिमा मनाएका छन् ।
व्यवस्थापन र कानुनी तहमा अध्यनरत विद्यार्थीहरुले साहित्यिक कार्यक्रम सँगै शिक्षक/शिक्षिकाहरुलाई केक खुवाएर गुरु पूर्णिमा मनाएका हुन् ।
विद्यार्थी करुणा बसौलाको सभापतित्व तथा ज्ञानी मायाँ तामाङको संचालन रहेको उक्त कार्यक्रममा विद्यालयका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठ लगायत शिक्षक/शिक्षकाहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गुरु पूर्णिमा विशेष श्लोक, कविता, गजल प्रस्तुत गरेका थिए ।


