‘भाई आयो लिनलाई’

Avatar photo
Dhadingpost
असार २८, २०७६

धादिङ असार २८ । महिलाहरुको महान चाड तीज लाक्षित गरि गायक तथा संगीतकार टेक बहादुर अधिकारी र गायिका अम्बिका बस्नेतले तीजको गीत बजारमा ल्याएका छन् ।

‘भाई आयो लिनलाई’ बोलको गीतमा टेक बहादुर अधिकारी र अम्बिका बस्नेत स्वर सुन्न सकिन्छ भने गीतको शब्द पनि अधिकारी र बस्नेतले मिलेर लेखेका हुन् । उक्त गीतको म्युजिक भिडियो एक्सन फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आफ्नो चेलीबेटीलाई तीज मा माइतमा बोलाएर मिठो चोखो जे छ खुवाउने चलन संगै आफ्नो भाई लिन आउदाको खुशी अनि दिदि भाईको माया दर्शाईएको उक्त भिडियोमा यादब देबकोटा (सरापे) अनि निरु खड्का (निर्मली) को दमदार अभिनय हेर्न सकिने छ ।