
तरकारी खायौं भन्छौं खादै छौँ कि विष
बिनाकारण पनि मनमा उठिरहन्छ रीस
हड्डी पनि पिरिक पिरिक जता ठोक्यो उतै
त्यै विषको काम पो हो कि यी सब कतै
पल्लो घरको दिदी सधैं पेट दुख्यो भन्थिन
फलफूल र तरकारी छानी छानी लान्थिन
जचाँउदा थाहा लाग्यो क्यान्सर भैसकेछ
पाठेघर त भित्र भित्रै विषले खाइसकेछ
हरिया तरकारी पहेँलो फलफुल
खानुपर्छ सधैंभरी नगरी भुल
दृष्टि पनि कमजोर भयो चिलाइरन्छ आँखा
फाइदा भन्दा बेफाइदा पो भो कि फलफुल खाँदा
भारतले यताबाट लाने छानीछानी
हामी भने सधैंभरि उसकै विष खाने
२०वर्षको युवक मर्छ हाट अटयाक भइ
कतिन्जेल बाँच्ने हामी मन्द विष खाइ
सबको पहुँच कहाँ छ र तरकारी लाउन
हाम्रो मौलिक अधिकार हो स्वास्थ खान पाउन
जनताको स्वास्थमा सधैं खेलबाड
दोषारोपण गर्न सरकार आजैदेखि छाड
कित बनाउ देशलाई सधैं आत्मनिर्भर
कित भित्र्याउ ताजा ताजा बनी सधैं निडर
चेतनाको स्तर बढ्ययो भाछन सचेत जनता
नियम सम्मत चल्न सिक तिमी हिजो भन्दा
नियम सम्मत चल्न सिक तिमी हिजो भन्दा ।
शशी अर्याल
शान्तबजार, धादिङ
