गजुरीमा पहिरोले घर भत्कँदा ८ वर्षिय बालिकाको मृत्यु

Avatar photo
Dhadingpost
असार २७, २०७६

धादिङ असार २७ । अविरल वर्षाको कारण गजुरीमा पहिरोले घर भत्कँदा ८ वर्षिय बालिकाको मृत्यू भएको छ ।

गजुरी गाउँपालिका वडा नं. ४ दरिङ्गाल बलुवाडाँडामा पहिरोले घर भत्कँदा ८ वर्षिय बालिका अस्मिता तामाङको मृत्यू भएको प्रहरीले जनाएको हो ।

बिहिबार देखि परेको अबिरल वर्षाको कारण  देशभरमा ११ जनाको मृत्यु, ८ जना बेपत्ता भएको, १३ जना घाइते भएको राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ ।