
विकास भण्डारी
धादिङ असार २५ । त्रिभुवन राजपथ अन्तरगत धादिङको नौबिसेबाट ५ किमि माथि रहेको थाँक्रे गाउँपालिका ८ मा पर्ने अर्चले खोलापुलको मर्मत कार्य सुरुभएकाे छ ।
पुलकाे अवस्था जिर्ण बनेको खवर धादिङपोष्टले असार १४ गते प्रकाशित गरेकाेे थियाे ।
गत वर्ष पनि याे जिर्ण पुलकाे बारे धादिङपाेष्टले समाचार पाेष्ट गरेकाे थियाे तर सडक विभागले प्वाल मात्र टाल्ने काम गरेकाे थियाे तर याे भटक भने ३ दिन पुलमा अावतजावत गर्न नपाईने सुचना नै जारि गरेर पुल पुर्ण मर्मत कार्य सुरु भएकाे बताएको छ ।
दैनिक सयौं गाडी आवत जावत गर्ने त्रिभुवन राजपथको यो पुलकाे बारे स्थानियले वर्डा कार्यालय, धुनीबेसी नगरपालिकाले समेत सडक विभागलाई जानकारि गराएका थिए।
यस अघिकाे समाचार
फलो अपः अर्चले खोलाको पुल, टायर नै छिर्ने प्वाल

