धादिङमा एकै दिन प्रहरीको पाँच सार्वजनिक कार्यक्रम

Avatar photo
Dhadingpost
असार २३, २०७६

धादिङ असार २३ । जिल्ला प्रहरी कार्यालय धादिङले संचालन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अभियान अन्तर्गत आईतबार धादिङका विभिन्न पाँच ठाउँहरुमा सार्वजनिक कार्यक्रम भएको छ ।

समाजमा हुन सक्न विभन्न घटनाहरु रोकथाम र न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानिका विषमा प्रहरीले एकै दिन जिल्लाका विभिन्न ठाउँहरुमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम भएको हो ।

१. ज्वालामुखी गाउँपालिका ५ स्थितमा रहेको धुसेनी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी School Bullying & Ragging विरुद्ध नेपाल प्रहरीको सुरक्षा सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।

२. खनियावास गाउँपालिका ४ सल्लेरी स्थितमा स्थानियवासी‚ नागरिक समाज, बुद्धीजिवीहरु लगायत सहभागितामा लागुऔषध तथा मादक पदार्थ उत्पादन, बिक्रि बितरणमा नियन्त्रण र लागुऔषध र मादक पदार्थ सेवनबाट समाजमा पार्ने नकारात्मक असर सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेका छ ।

३. गंगाजमुना गाउँपालिका ४ सातदोबाटो र त्रिपुरासुन्दरी गाउँपालिका १ वडा कार्यालयमा समेत महिला तथा बालबालिका बिरुद्व हुने हिंसा सम्बन्धी जानकारी दिनुका साथै यसले समाजमा पार्ने नकारात्मक असर र कानुनि ब्यबस्था सम्बन्धि कार्यक्रम गरेको थियो ।

४. नेत्रावती गाउँपालिका ४ कटुञ्जे, नेत्रावती गाउँपालिका ३ सेमजोङ स्थितमा स्थानियबासीहरुको उपस्थितीमा विभिन्न किसिमका विपद आगलागी, हावाहुरी, चट्टाङ, वाढीपहिरो जोखिमबारे जानकारी, बच्ने उपाय लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

५. नेत्रावती गाउँपालिका ७ बोराङ स्थितमा सामाजिक बिकृती तथा मानब बेचबिखन सम्बन्धी जानकारी दिनुका साथै यसले समाजमा पार्ने नकारात्मक असर र कानुनि ब्यबस्था सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।