चिल्ड्रेनपार्कद्वारा एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

Avatar photo
Dhadingpost
असार २१, २०७६

धादिङबेसी असार २१। धादिङको सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण विद्यार्थीहरुलाई सम्मान, विदाई तथा स्वागत कार्यक्रम गरेको छ ।

५० जना विद्यार्थीहरुलाई यस वर्ष एसईई परिक्षा उतिर्ण गराएको यस चिल्ड्रेनपार्क स्कुलले विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि सम्मान विदाई तथा स्वागत कार्यक्रम गरेको हो ।

षष्टीकुमार श्रेष्ठको सभापतित्व र नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष शान्तविक्रम बानियाँ, वर्डा अध्यक्ष होमनाथ रिजाल, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी, विद्यालय व्यवास्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षामा चिल्ड्रेनपार्कबाट तीन जनाले ३.७५, सात जनाले ३.६५ ल्याएका थिए ।