मातृभुमिका लागि नेपाली धादिङ शाखा गठन

Avatar photo
Dhadingpost
असार २०, २०७६

धादिङ असार २० । धादिङमा राजकुमार श्रेष्ठको संयोजकत्वमा मातृभुमिका लागि नेपाली धादिङ शाखा गठन भएको छ ।

धादिङबेसीमा शुक्रबार हिन्दु राष्ट्र निमार्ण गरौं, हाम्रो धर्म, कला, संस्कृति, परम्परा तथा रीति रिवाजको रक्षा गरौं भन्ने नाराको साथ सम्पन्न जिल्ला भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा जिल्ला शाखा गठन गरेको हो ।

मातृभूमिका लागि नेपालीका केन्द्रिय परिषदका संयोजक समाज सेवी एवम् पत्रकार देवप्रकाश त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको उक्त जिल्ला भेलाले सह-संयोजकमा बाबुराम अधिकारी र ध्रुर्व त्रिपाठी रहने गरि २३ सदस्यीय जिल्ला परिषद गठन गरेको छ ।

भेलामा केन्द्रिय संंयोजक त्रिपाठीले राष्ट्रियताका लागि मातृभूमिका लागि नेपाली परिषद गठन भएको बताएका थिए ।

भेलामा शुभकामना दिदैं केन्द्रिय सदस्यहरु पूर्व डिआईजी विमला थापा, राजेश अर्याल लगायतले अर्थहिन प्रदेश संरचना खारेजी हुनु पर्ने बताएका थिए । हिजो चप्पल लगायर हिड्ने आम्दानी मुलक कुनै काममा सहभागि नभएका राजनीतिकर्मीहरु आज करोडको गाडी चढेर हिडेका छन् अब नागरिकहरु भ्रष्टचार र कमिशन घुसखोरीको विरुद्ध पनि मातृभुमिका लागि नेपालीमा आवद्ध हुने बताएका थिए ।