
धादिङ असार १६ । धादिङबेसी सदरमुकाममा केहि दिन देखि एउटा सानो गाडी माईकिङ गर्दै चन्दा संकलन गरि रहेको छ ।
वैदेशिक रोजगारीको लागि साउदी अरबीया रहेका जलेश्वर चौधरीलाई मृत्यू दण्डबाट बचाउन मिसन चितवनले चालेको आर्थिक संकलन अभियान अन्तरगत उक्त गाडी माईकिङ गर्दै धादिङबेसी आईपुगेको हो ।
गाडी चालक चौधरीले चलाएको गाडीलाई पछाडीबाट आएर ठक्कर खाएको कारका ड्राईभरको मृत्यू भए सँगै रु.४५ लाख (नेपाली) क्षेतिपुर्ति नबुझाए मृत्यू दण्ड हुनेभए सँगै नेपाल र नेपालीलाई सबैले मायाँ गरौं भन्ने नाराका साथ सामाजिक स्वयम् सेवक नेपाल (मिसन चितवन) ले चौधरीलाई लाई मृत्यू दण्डबाट जोगाउन आर्थिक संकलन गरेको बताईएको छ ।

