
धादिङ असार ६ । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अखिल (क्रान्तिकारी) ले धादिङका विभिन्न ठाउँहरुमा बिहिबार साँझ मसाल जुलुस गरेको छ ।
शिक्षा क्षेत्रमा भइरहेको शुल्क बृद्धि, माफियाकरण, दलालीकरण तथा भ्रष्टिकरण र सरकारले अखिल क्रान्तिकारीका नेताहरु पक्राउ र हत्या को विरुद्धमा भएको चरण बद्ध आन्दोलनको क्रममा विहिबार धादिङबा विभिन्न ठाँउहरुमा मसाल जुलुस गरिएको क्रान्तिकारीका जिल्ला अध्यक्ष अर्पणले धादिङपोष्टलाई बताए ।
क्रान्तिकारीले धादिङको ज्वालामुखी, रुबीभ्याली, नीलकण्ठ, गजुरी लगायतका ठाउँहरुमा मशाल जुलुस गरेको समेत अध्यक्ष अर्पणले बताए ।

