
धादिङ असार ४ । पूर्व नेकपा एमाले धादिङका नेता तथा साविकको नीलकण्ठ गाविसका पूर्व उपाध्यक्ष जीतलाल गुरुङ काँग्रेस प्रवेस गरेको ६ दिन पछि पुन नेकपामा फर्किएका छन् ।
आफ्नै घर फर्किएँ भनेर लेखिएको पत्र सार्वजनिक गर्दै नेता गुरुङ नेकपामा फर्किएको घोषणा गरेका हुन् ।
नीलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्षका उमेद्वार समेत रहेका जीत लाल गुरुङले आफ्ना केहि असन्तुष्टि र सामाजिक गुनासाहरुले गर्दा भुलबस काँग्रेसमा प्रवेस गरेको र पश्चताप गर्दै पुनः नेकपा मै फर्किएको पत्रमा लेखेका छन् ।
पत्र सँगै गुरुङले नेकपा जिल्ला अध्यक्ष भुमि त्रिपाठी र युवा नेता अर्जुन गोरखाली लगायत सँग संयुक्त खिचाएको फोटो समेत सार्वजनिक गरेका छन् ।
जीत लाल गुरुङले लेखेको पत्र

यस अघिको समाचार
जीत लाल गुरुङ काँग्रेसमा प्रवेस

