धादिङबेसीमा माउन्टेन डिलाइटको शाखा विस्तार

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७६

धादिङबेसी जेष्ठ ३१ । धादिङबेसी स्थित सुगमटोलमा माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभलले शाखा विस्तार गरेको छ ।

काठमाडौं स्थित ठमेलबाट कारोबार गर्दै आई रहेको माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभलले धादिङबेसीमा शाखा संचालन गर्दै सेवा विस्तार गरेको हो ।

धादिङ ज्यामरुङ निवासी कमल सापकोटा प्रबन्ध निर्देशक रहेको यस माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभलको शाखा विस्तार भए सँगै टुर प्याकेज, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ टिकट, पर्यटक बस तथा केबलकारको टिकटको अन्यत्र जानु नपर्ने भएको छ ।

प्रबन्ध निर्देशक सापकोटाका अनुसार प्राइभेट कार, जिप र बसहरु समेत यस टुर्स एण्ड ट्राभलले उपलब्ध गराउने छ । सापकोटा अध्यक्ष रहेको सामाजिक क्षेत्रमा सेवा गर्दै आएको टुकी नेपालको कार्यालय पनि धादिङबेसीमा संचालनमा ल्याईएको छ ।