बेनिघाटमा माईक्रोबसले ठक्कर दिँदा सडक मजदुरको मृत्यू

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७६

धादिङ जेष्ठ २७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्तर गत बेनिघाटमा काठमाडौबाट मुग्लिन तर्फ जाँदै गरेको माईक्रोबसले ठक्कर दिँदा सडक कर्मचारीको मृत्यू भएको छ ।

सोमबार बिहान करीव १०ः१५ बजे बा ३ ख ४६६९ नम्बरको भाडाको माईक्रोबसले ठक्कर दिँदा स्थानीय वर्ष ६५ का रामबहादुर सिंह ठकुरीको मृत्यूभएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग स्थित बेनिघाट सडक खण्डमा कार्यरत सडक कर्मचारी ठकुरीलाई माईक्रोबसले ठक्कर दिएपछि गम्भीर घाईते बनेको अवस्थामा उपचारको लागि रार्जमार्ग सामुदायीक अस्पताल मलेखु लगिएको थियो उपचारको क्रममा उनका मृत्यू भएको बताईएको छ ।