
सिद्धलेक, जेठ ११ । सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरु तथा समुहको अध्यक्ष तथा कोषाध्यक्षको लागि लेखा व्यवस्थापन कार्यशाला सुरु भएको छ ।
ग्रामीण विकासमा सहकारीबाट हुने फाईदा सहकारी अवधारणा र परिचय, नेपालमा सहकारी व्यावसायको सिद्धान्त र कानुनी वातावरण, साकोसमा विनियम, नीति तथा कार्य बिधिहरुको महत्व र निर्माणको दायित्व, सहकारीमा सदस्य, सदस्यको लागी योग्यता, सदस्यता प्रदान गर्ने बिधिका बारेमा जानकारी दिन आईतबारबाट कार्यशाला सुरु भएको हो ।
सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत महिला समुहमा आबद्ध महिलाहरुहरुद्धारा मात्र गठित उपहार महिला कृषि सहकारी संस्थाका अध्यक्षमा गीता सिलवालको अध्यक्षता तथा दिर्घराज सापकोटाको सहजिकरणमा संचालन सुरु भएको कार्यशाला सहकारी सदस्य अभिलेख, ४ खाता, भौचर, पासबुक, ऋण, लगानी खाता व्यवस्थापनक बारेमा सोमबार सम्म कार्यशालामा छलफल गरिनेछ ।
यसै गरी संचालक समितिका अध्यक्ष, कोषाध्यक्षको, काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व तथा निर्माणको जिम्मेवारी, सहकारीमा सुशासन कायम गर्न ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण र ऋण परिचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण व्यावस्थापन र लेखा व्यावस्थापनका महत्वपूर्ण पक्षहरु, प्रभावकारी बैठक संचालनका विधिहरु तथा अभिलेखिकरण बिषयमा प्रशिक्षक दिर्घराज सापकोटा सहजिकरण गर्ने छन् ।
सहकारीका ६० जना सहभागीता रहेको कार्यशाला शुरुवातको अवसरमा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक प्रेम स्याम्बयु, बरिस्ठ अनुगमन व्यवस्थापक किशोर काफ्ले, प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले समूहमा आबद्ध संस्थाहरुको संस्थागत विकास तथा दिगोपनको लागि सहकारी गठन र लेखा व्यवस्थापन मा सहयोग गरिएको बताएका थिए ।
महिला सदस्यहरु बचत गरेका रकमहरुको सहि सदुपयोग गर्न र आय आर्जनका कार्यहरु गर्नको लागि गठित सहकारीहरुको लेखा व्यवस्थापन र सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम मार्फत शेयर सदस्यहरुलाई सहकारीमा लेखा व्यवस्थापनक आवश्यकता र महत्वका बारेमा सहजिकरण गरिएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले बताईन् ।
सहकारीमा ४३ वटा महिला समूहका १ हजार ४ सय जना आबद्धता गर्ने लक्ष्य अनुसार सबै समूहमा १ दिने पूर्व सहकारी शिक्षा कार्यक्रम संचालन गरि सहकारी शेयर सदस्यता प्रदान गरिएको सहकारीका अध्यक्ष गीता सिलवालले बताईन् ।

