धादिङ खरीका बलबहादुर गुरुङको फुल जस्तै (भिडियो)

Avatar photo
Dhadingpost
बैशाख २४, २०७६

धादिङ बैशाख २४ । धादिङ ज्वालामुखी गाउँपालिकामा जन्मेर राष्ट्रिय रुपमा ख्याती कमाएका लोक गायक बलबहादुर गुरुङ र चर्चित लोक गायिका बिष्णु माझीको स्वरमा ‘फुल जस्तै’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सर्जक सुजन लम्सालको शब्द रचना र संगीत रहेको यस भिडियोमा कोरस आवाज गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाब’ कृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोमा श्याम घिमिरे र जुना सुन्दास लगायतको अभिनय छ । त्यस्तै करन चैसिरको छायांकन रहेको उक्त भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ को रहेको छ ।