
धादिङ नलाङ बैशाख २४ । सिद्धलेक गाउँपालिकाका कृषकहरुले व्यवसायीक रुपमा सुरुगरेका बाख्रापालन व्यवसायबारे जानकारी लिन अनुगमन गरिएको छ ।
मंगलबार बिहान गाउँपालिका उपाध्यक्ष एवम् गाउँपालिका अनुगमन समितिका संयोजक कमला शर्माको नेतृत्वमा अनुगमन किसानहरुको घर घर पुगेर अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको उपाध्यक्ष शर्माले बताईन् ।
अनुगमनमा प्रयास नेपाल अनुगमन समितिका सदस्य तुलकुमार श्रेष्ठ, समुहको पदाधिकारी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले धादिङपोष्टलाई बताईन् ।
सिद्धलेक गाउँपालिकामा वडा १ सिद्धश्वरी स्बबलम्बी समूह खरिबोटमा आबद्ध कमला भट्टले गाउँबस्तीमा नै आएर पशुबस्तु व्यवस्थापन, सुधारिएको खोर निर्माण गर्ने तरिका सिकाएपछि गाउँघरमा व्यवस्थित बाख्रापालन शुरु गरेको बताईन् । भट्टले महिला समूहमा आबद्धता पछि आधारसिला,पशु व्यवस्थापन सम्बन्धि लगायत तालिमबाट ज्ञान तथा सीप हासिल गरी व्यवसायिक बाख्रापालन शुरु गरेको बताउनु भएको छ ।
भट्ट भन्छिन्, बाख्रापालनका लागि खोरगोठ, घाँस, सन्तुलित दाना, खनिज व्यवस्थापन, खनिज, ढिक्का, बाख्राको हेरचाह, महामारी रोगहरु सावधानि र नियन्त्रणका उपायहरु, नश्ल सुधार महत्व, गुणस्तरीय बाख्रा तथा बोका छनौट, बाहिरी परजिवीको बिषयमा ज्ञान पाएपछि व्यवसायिक बाख्रापालन गर्ने प्रेरणा मिलेको हो ।
सिद्धेश्वरी महिला समुहकी अध्यक्ष निशा गुरुङका अनुसार शुरुमा १४३ बाख्रा रहेकोमा हाल बाख्रा संख्या २५६ पुगेको छ । यसैगरी सुधारिएको खोर निर्माण, नश्ल सुधार, पिपिआर खोप, नाम्लेजुकाको औषधी खुवाउने अभियान, कोशे र अकोशे घाँस खेती बिस्तार गर्न सहयोग पछि गाउँगाउँमा व्यवस्थित बाख्रापालन गर्ने किसान संख्या बृद्धि भएको समेत उनलले बताईन् ।
सिद्धलेक गाउँपालिका, हेपर ईन्टरनेशनलको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले सिद्धलेक गाउँपालिकाको बडा नं १ देखि ५ सम्मका महिलाहरुलाई ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गरि ४३ वटा समूहमा आबद्ध गराई किसान सबलिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।
