विप्लव नेकपाको बन्दले धादिङको जनजिवन प्रभावित

Avatar photo
Dhadingpost
बैशाख ५, २०७६

धादिङ बैशाख ५ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले धादिङको जनजिवन प्रभावित बनेको छ ।

धादिङबाट ग्रामिण क्षेत्र होस् या सदरमुकाम धादिङबेसीबाट काठमाडौ पोखरा नारायणघाट चल्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना, पसलहरु नखुल्दा धादिङबासीको जनजिन प्रभावित बनेको हो ।

धादिङबेसीमा फाट्टफुट मोटरसाईहरु चले पनि पसलहरु खुलेका छैनन् । नेपाल बन्दको क्रममा हुन सक्ने हिंसात्मक गतिविधि हुन सक्ने अनुमान गर्दै नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनाले गस्ती गरि रहेका छन् भने धादिङबेसी कालुपाण्डे राजमार्गको बीच बीचमा नेपाल प्रहरीहरु तैनाथ गरिए पनि यातायातका साधनहरु भने चलेका छैनन् ।