
धादिङ बैशाख ४ । मुआब्जा दिँदादिँदै बुढीगण्डकी परियोजना महंगो भएको छ, बिजुली निकालेर बालौँला जस्तो नलागेको अर्थसचिव डाक्टर राजन खनालको धारणा छ ।
मुआब्जा महंगो भयो, यसमा हामी सबै दोषी छौँ ।’ बुढीगण्डकी बनाउन अरबौँ रकम लाग्ने र त्यहाँबाट उत्पादित बिजुली महंगो पर्ने भएकोले बाल्न नसकिने उनको तर्क थियो ।
अर्थमन्त्रालयको राजश्व परामर्श समितिको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको संयोजनमा पोखरामा भएको राजश्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तरक्रिया बोल्दै अर्थसचिव खनालले बुढीगण्डकी परियोजना महंगो भएको बताएका हुन् ।
बुढीगण्डकी परियोजना निर्माणका लागि पेट्रोलीयम पदार्थमा लगाइएको पूर्वाधार करको रकम रहेको र अर्थमन्त्रालयले आफ्नै लगानीमा बनाउन सकिन्छ भन्दा पनि नबन्नु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी थियो ।
