थाँक्रे हाप्सेचौरमा ग्यास लिक हुँदा आगलागी

Avatar photo
Dhadingpost
बैशाख ३, २०७६

विकास भण्डारी
धादिङ बैशाख ३ ।
धादिङको थाँक्रे गाउँपालिका ५ दामेचौरमा ग्यास लिक भै आगलागी भएको छ ।

थाँक्रे दामेचौर निवासी ईन्द्र बहादुर तमाङको घरमा रहेको किराना पसलमा आज ३ः२० बजे किचन रूममा खाजा बनाउने क्रममा ग्यांस लिक भै आगलागी भएको हो ।

आगलागी हुदा संगै किराना पसल, खाद्यान्न गोदाम, नसिम मियांको फेन्सी पसलका सामान जलेर नस्ट भएको छ ।

आगलागीबाट घर धनी ईन्द्र बहादुर तमाङको ५ लाख बराबरको सामान जलेर नस्ट भयको छ भने नसिम मियांको ५ लाख बराबरको फेन्सि सामानहरु जलेस नस्ट भएको प्रहरीचौकि हाप्सेचौर जनाएको छ ।

समयमै प्रहरी र स्थानिय बासिन्दाहरूको सहयोगमा उक्त आगलागी नियन्त्रमा आएकोले थप क्षेति हुन नपाएको स्थानीयहरुले बताए ।