यस्तो अवस्थामा भेटिए, विप्लव कार्यकर्ता धादिङमा

Avatar photo
Dhadingpost
बैशाख २, २०७६

धादिङ बैशाख २ । नेत्रविक्रम चन्द नेतृत्वकोे नेकपालाई सरकारले प्रतिबन्द लगाएको छ । जहाँ देख्यो त्यहि गिरफ्तार गर्न र हतियार सहित भेटिए घुँडा भन्दा तल गोली हान्न सक्ने अधिकार समेत गृहले प्रहरिलाई दिएको छ ।

यहि शिलसिलामा प्रहरीले धादिङ निवासी विप्लव नेतृत्वको नेकपाका पोलिट ब्यूरो सदस्य मोहन कार्की जिवन्त अर्का नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली लगायत दर्जर्नौ कार्यकर्ताहरु पक्राउ परि सकेका छन् ।

तर नेकपाका धादिङका सेक्रेटरी बुद्ध गुरुङको टोली विकास निमार्णमा सरिक हुँदै गरेको तस्वीर धादिङपोष्टले प्राप्त गरेको छ ।

बुद्ध सहितको टोलीले धादिङका विभिन्न स्थानीय तहमा पुगी जनताको मन जित्ने अभिप्रायले विभिन्न क्रियाकलापमा सहभागि हुँदै आएका छन् ।

दिनभर किसानको मेलापातमा सहयोग गर्ने साझँपख जनयुद्धको समयको झल्को दिने गरी जनताका घरदैलोमा पिढी सभा गर्ने र सडक निमार्ण, जनताका आवास निमार्णमा समेत उनीहरु सहभागी हुनेगरेको पाईएको छ ।