बरामद १०५ किलो लागु औषध चरेश नष्ट

Avatar photo
Dhadingpost
चैत्र ५, २०७५

धादिङ चैत्र ५ । जिल्ला प्रहरी कार्यालय धादिङले गजुरी स्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद लागु औषध चरेश नष्ट गरेको छ ।

गत फागुन २६ गते गजुरी स्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट विरगंज तर्फ जादै गरेको ना ५ ख २८१२ नं। को चेन्नाई एक्सप्रेस बसमा लुकाई छिपाई लैजादै गरेको १०५ किलो चरेश बरामद गरेको थियो उक्त चरेश मंगलबार नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ परिसर भित्र धादिङ जिल्ला अदालतको प्रतिनिधी‚ जिल्ला प्रशासन कार्यालय धादिङको प्रतिनिधी‚ निलकण्ठ नगरपालिकाको प्रतिनिधी‚ सञ्चारकर्मीहरु रोहबरमा खाल्टोमा हाली आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्याल धादिङका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।