धादिङ फागुन १४ । वेनिघाट रोराङ गाउँ पालिका विशालटार ११ मा गाउँपालिका स्तरीय प्रथम मजदुर सहिद स्मृति कप रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएको छ ।
गाउँ पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयले भाग लिएको उक्त सहिद स्मृति कप रनिङ शिल्ड प्रतियोगितामा चन्द्रोदय माध्यमिक विद्यालय विशालटार प्रथम, बागेश्वरी माध्यमिक विद्यालय रिचोकटार द्धितीय र शङ्खादेवी माध्यमिक विद्यालय मझिमटार तृतीय भएका छन् ।
विजयी विद्यालयहरु र विद्यार्थीहरुलाई क्रमश प्रथमलाई २५ हजार नगद कप मेडल र प्रमाणपत्र, द्धितीयलाई १५ हजार नगद कप मेडल र प्रमाणपत्र र तृतीयलाई १० हजार नगद कप मेडल र प्रमाणपत्रबाट सोमबार पुरस्कृत गरिएको थियो ।
कार्यक्रम समापन तथा पुरस्कार प्रदान गर्न पुगेका गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले आगामी वर्षदेखि गाउँपालिका भित्रका हरेक विद्यालयहरुलाई खेलकुदको लागि रकम बिनियोजन गर्ने घोषणा गरे ।
वेनिघाट रोराङ गाउँ पालिकाका प्रवक्ता रोशन कुमार सिलवालको अध्यक्षतामा भएको समापन कार्यक्रममको प्रमुख आतिथ्यता गाउँ पालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको रहेको थियो ।
यस्तै गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर गुरुङ लगायत विभिन्न वडाका अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

