धादिङका म्हेन्दोमाया गायक अब मोडलिङमा समेत देखिँदै

Avatar photo
Dhadingpost
मंसिर १०, २०७५

धादिङ मंसिर १० । उत्तरी धादिङका म्हेन्दोमाया गायकका रुपमा परिचित राज गोम्जा अब मोडलिङमा पनि देखिने भएका छन् ।

उनको आफ्नै गित क्रसु युबे आखु स्योङ म्हेन्दोमयाको भिडियो सुटिङमा सुलौला बजार आईपुगेका गोम्जा आफै मोडलिङमा देखिने भएका हुन् ।

धादिङ रुबीभ्याली गाउँपालिका ५ का राज गोम्जा म्हेन्दोमाया गीत र सेलो गीतमा मोडलिङ गरि रहेका छन् । धादिङ विभिन्न ठाउँमा सुटिङ गर्दै सुनौला बजार आईपुगेका हौं ।

तामाङ संस्कृतिमा रहेको तामाङ लोक लय म्हेन्दोमाया गित क्रसु युबे आखु स्योङ को सुटिङ अन्तिम चरणमा पुगेको समेत गोम्जाले बताए । यस गितमा राज गोम्जा, एन्जिला वाईब तामाङ, राज तामाङ मिना तामाङ लगायतले मोडलिङ गरि रहेका छन् ।