चिनियाँ बाणिज्य दूताबासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

Avatar photo
Dhadingpost
मंसिर ७, २०७५

काठमाडौं, मंसिर ७ । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ ।

घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् ।