अर्जेन्टिनाले मेक्सीकोलाई २ गोलले पराजित

Avatar photo
Dhadingpost
मंसिर ५, २०७५

काठमाडौँ, मंसिर ५ । बुधबार बिहान भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोलले पराजित गरेको छ ।

अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । अर्जेन्टिनाका लागि माउरो आइकार्डीले गोल गरेका थिए ।

अन्तिम मिनेटमा दुई गोलको अग्रता बनाएको अर्जेन्टिनासामु मेक्सिको निरिह जस्तै देखिएको थियो ।

त्यस्तै, खेलको ८७ औं मिनेटमा पाउलो डिबालाले गोल गरे । मेक्सिकोले खेलमा फर्कन कोशिस गरेता पनि गोल भने गर्न सकेन ।