धादिङ मंसिर १ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेमा आयोजना भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघ धुवाकोटले जितेको छ ।
दिपावालीको अवसरमा आयोजित उक्त फुटबलको शनिबार भएको फाईन खेलमा कौसिनी युवा क्लव तारकेश्वर नुवाकोटलाई हराउँदै विद्यार्थी उपकार संघ ए प्रथम भएको हो ।
विजेता टिमलाई एक विशेष समारोहका बीच प्रदेश नं. ३ का सांसद डा. राम कुमार अधिकारीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमका प्रमसख अतिथि समेत रहेका सांसद अधिकारीले प्रथम हुने विद्यार्थी उपकार संघ ए लाई नगद ५५ हजार र द्वितिय हुने कौसिनी युवा क्लव तारकेश्वर नुवाकोटालाई नगद २५ हजार पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश बहादुर गुरुङ, वडा नं. १४ का अध्यक्ष छन्द बहादुर तामाङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन ३ नं. प्रदेशका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी, प्रकाश माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चेतलाल तामाङ, वडा सदस्यहरु, प्रहरी चौकी धुवाकोटका प्रमुख लगायत को आतिथ्यता रहेको थियो ।
