सोमपाल र सन्दीप पीएसएलको ड्राफ्टमा

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

काठमाडौं, कार्तिक २६ । नेपाली राष्ट्रिय टोलीका बलरद्वय सोमपाल कामी र सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आयोजना गर्ने पीएसएल टी–२० प्रतियोगिता आगामी १७ फेब्रुअरीदेखि १७ मार्चसम्म चल्ने छ । पाकिस्तान र यूएईमा लेखहरु हुने छन् । पीएसएलको अक्सनका लागि आइतबार खेलाडी सूची सार्वजनिक गरिएको छ ।

२० नोभेम्बरमा इस्लामाबादमा ड्राफ्ट हुने जनाएको छ । त्यसबाट सबै टीमले खेलाडी छनोट गर्नु पर्ने छ ।

गोल्ड समूहमा परेका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । त्यस्तै, सिल्भर समूहमा परेका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने छन् ।

विदेशी खेलाडीको कोटा अन्तरगत सोमपाल सिल्भर समूहमा र सन्दीप गोल्ड समूहमा परेका छन् । सन्दीप गत सिजनमा पनि ड्राफ्टमा परेका थिए तर, कसैले अनुबन्ध गरेका थिएन् ।