भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

काठमाडौं, कार्तिक २६ । भारतका संसदीय कार्य मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

संसदीय कार्य मन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए ।