एजेन्सी, कार्तिक २५ । पछिल्लो समय बलिउड सुन्दरी सुस्मिता सेनको एउटा फोटो निकै चर्चामा छ ।
फोटोसँगै सुस्मिताले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । ४० नाघिसक्दासमेत अविवाहित सुस्मिताले अहिले फोटोमा आफूसँग देखिएका युवक रोहन शलसँग बिहे गर्न लागेको खबर छ । यद्यपि यी सबै समाचारहरु यही एउटा तस्वीरलाई आधार मानेर बनाइएका छन् । फोटोमा सुस्मिता रोहन र अन्य केही बालबालिकासँग देखिएकी छिन् ।
सामाजिक संजालमा पोस्ट भएको ४८ घण्टामा यो फोटोले ३ लाखभन्दा बढी लाइक पाइसकेको छ । फोटोमा फ्यानले दुवैलाई बिहेको शुभकामना पनि दिइरहेका छन् । रोहन पहिले पनि सुस्मितासँग देखिँदै आएका छन् । ४ जनवरी १९९१ मा जन्मिएका रोहन २०१४ मा मुम्बइ आएका हुन् । उनी नोएडाका हुन् । उनी मोडल हुन् उनलाई गितार बजाउन मन पर्छ ।
केही समाचारमा जनाइएअनुसार रोहन र सुस्मिताको भेट एक फेशन शोमा भएको हो । यी दुई पहिलोपटक भेटेको पनि धेरै समय भएको छैन । तर, यो अवधिमा यी दुई जहाँ पनि सँगै देखिएका छन् त्यहाँ एक अर्काको लागि विशेष देखिएका छन् । यद्यपि यी दुईबीचको सम्बन्धको पुष्टि भने हुन सकेको छैन ।
