काठमाण्डौैं, कात्तिक १९ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषदको नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।
आयोजकले कारबाहीस्वरूप सन्दीपको एक अंक घटाएको जनाएको छ । शनिबार समूह चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रीको निर्णयमा प्रश्न उठाएका थिए ।
खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुर्व्यवहारजनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए । चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूह चरणबाट बाहिरिएको छ ।
पटक पटक रेफ्री विनय झा र सञ्जय सिग्देलसँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन् ।
