पोखरा प्रिमियर लिग, चितवन र काठमाण्डौं भिड्दै

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७५

काठमाडौं, कार्तिक १८ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चितवन राइनोज र काठमाडौं रोयल्सबीच आज प्रतिस्पर्धा हुदैछ ।

पोखरा रंगशालामा पीपीएलको इलिमिनेटरमा चितवन र काठमाडौंले प्रतिस्पर्धा गर्न लागेका हुन् । लिगको दोस्रो र तेस्रो स्थानमा रहेको टिम इलिमिनेटरमा प्रतिस्पर्धा गर्न लागेको हो ।

लिगको शीर्ष स्थानमा रहँदै पोखरा पल्टन भने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।

लिगको दोस्रो स्थानमा चितवन र तेस्रो स्थानमा काठमाडौं रहँदै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

चितवनले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । यता, काठमाडौंले पनि ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो ।